२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा निर्वाचनः कर्णालीबाट एकीकृत समाजवादीका प्रस्तावित उम्मेदवार सिफारिस

अ+ अ-

कर्णाली । राष्ट्रियसभामा रिक्त हुने सदस्य पदका लागि नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो ।

पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ सात जनाको नाम टुङ्गो लगाई केन्द्रमा पठाएको जानकारी दिए । उनका अनुसार उदय बोहरा (सल्यान), कृष्णबहादुर बुढा क्षेत्री (जाजरकोट), टेकबहादुर खाँण (दैलेख), देवीलाल थापा (जुम्ला), बरुनाथ योगी (दैलेख), लोकबहादुर हमाल (हुम्ला), शिवप्रसाद उपाध्याय (सुर्खेत), शेरबहादुर केसी (रुकुमपश्चिम), हंशबहादुर शाही (डोल्पा)लाई सिफारिस गरेको छ ।

त्यस्तै अछामपुरा मल्ल भाम (मुगु), कल्याणी खड्का (रुकुमपश्चिम), कृष्णकला पाण्डे (कालीकोट), रीता रावल (जाजरकोट), लक्ष्मी शर्मा (सुर्खेत), शान्ता शाही (जुम्ला), शारदा परियार (सल्यान)को नाम उम्मेदवारका लागि प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका प्रदेश कार्यालयका सचिव विश्वकर्माले प्रदेश कमिटीले पठाएका नाममध्येबाट पार्टी केन्द्रले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने बताए ।

राष्ट्रियसभामा यसपटक रिक्त हुने १९ मध्ये कर्णाली प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् । कर्णालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका रुकुमपश्चिमका ठकेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिँदैछ । पुरी हाल एकीकृत समाजवादी, बोगटी नेकपा (एमाले) र बुढा नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् । कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १९१ मतदाता छन् । आगामी माघ १२ गते वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यलाई निर्वाचन अधिकृत तोकिसकेको छ ।