२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काँग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिराहा क्षेत्र नं. ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधवार आयोगमा उजुरी दिएका हुन् ।

यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश गर्न पनि माग गरेका हुन्। चौधरी काँग्रेसको १४ औँ महाधिवेशनबाट मधेसी(खुला)तर्फ निर्वाचित भएका थिए ।

यादवले काँग्रेसको विधानअनुसार १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भए मात्र केन्द्रीय सदस्य बन्न पाइने भन्दै चौधरी २०७४ सालमा काँग्रेस प्रवेश गरेको जनाएका छन् । ‘नेपाली काँग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ,’ यादवले उजुरीमा भनेका छन्, ‘मधेसी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली काँग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली काँग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।’

उजुरीको पूर्णपाठ

श्री निर्वाचन आयोगमा चढाएको

उजुरी निवेदन–पत्र

विषयः– अबैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी मेरो नाम केन्द्रीय सदस्यमा समावेश गरी पाउँ ।

सिरहा जिल्ला सिरहा न.पा. वडा नं. १५ घर भएको नेपालीको १४ औं महाधिवेशनमा मधेशी केन्द्रीय सदस्य खुल्लामा छैठौं स्थानमा रहेको डा. सुभाष चन्द्र यादव ––––––––––––––––––––––––––––––––––––––––––––१

विरुद्ध

नेपाली कांग्रेस केन्द्रीय कार्यालय ––––––––––––––––––––––––––––––––१ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति, सानेपा, ललितपुर ––––––––––१

संयोजक नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सानेपा, ललितपुर –––१ नेपाली कांग्रेस केन्द्रीय सदस्य मधेशीमा निर्वाचित भनिएको विनोद चौधरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर ––––––––––१

म निवेदक निम्न लिखित निवेदन गर्दछु ।

१)नेपाली कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिला सहित ९ जना मधेशी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ ।

२)नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७८।०७।२८ गतेको बैठकबाट बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्तावको निर्णयमा पार्टीको केन्द्रीय सदस्य रहेको व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने बाहेक अन्य जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति महानगर उपमहानगर सभापतिमा उम्मेदवार हुन पाउने छैन भनी भएको व्यवस्थाले समेत १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको व्यक्ति मात्र केन्द्रीय सदस्यको पदमा उम्मेदवार हुन पाउने स्पष्टै छ ।

३)यस्तैमा मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।

४)यसरी नेपाली कांग्रेसको विधान विपरित निवाचित भनिएको विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनिकित दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु ।

५)राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १७ मा केन्द्रीय समिति र प्रदेश समितिको पदाधिकारीको योग्यता ः दलको केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारीमा निर्वाचित हुन दलको कुनै सदस्यले पूरा गर्नुपर्ने योग्यता सम्बन्धित दलको विधानमा उल्लेख भए बमोजिम हुनेछ भन्ने व्यवस्थाले दलको विधानको व्यवस्थाको पालना राजनीतिक दलहरुले अनिवार्य रुपमा गर्नुपर्दछ ।

६)नेपाली कांग्रेसको विधान, २०१७ परिच्छेद, ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको व्यक्तिमात्र केन्द्रीय सदस्यमा निर्वाचित हुन सक्ने व्यवस्था विपरित निज विनोद चौधरी, समानुपातिक सांसद भएको त्यसको रेकर्ड यस आयोगमा समेत भएको र निज १० वर्ष निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य नभएकोले निज नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन नसक्ने स्पष्ट हुन्छ ।

७)यसरी अवैधानिक रुपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी (खुल्ला) मा निर्वाचित भनिएको विनोद चौधरी अयोग्य भएपछि स्वभाविक रुपमा मधेशी केन्द्रीय सदस्य (खुल्ला) वरियताक्रमको छैठौं स्थानमा रहेको निवेदक मधेशी केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रष्ट छ ।

८)अतः माथि उल्लेखित आधार कारणहरु एवं मिसिल संलग्न प्रमाण कागजहरु तथा यस आयोगमा रहेको निज यसपूर्व नेकपा एमालेमा सभासद रहेको रेकर्ड समेतबाट निज विपक्षी विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन अयोग्य रहेकोले निजलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य मधेशी (खुल्ला) ५ पदको लागि अयोग्य घोषित गरी निजको स्थानमा म मधेशी (खुल्ला) केन्द्रीय सदस्यको छैठौं बरियताक्रममा रहेको निवेदकको नाम समावेश गरी सोको जानकारी विपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यालयलाई गराई पाउँ ।

९)राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ ले यो विषय यसै आयोगको क्षेत्राधिकार भित्र पर्दछ ।

१०)प्रमाणः–

(क) दलको विधानको फोटोकपी

(ख) नेपाली कांग्रेस केन्द्रीय सदस्य मधेशी (खुल्ला) ५ पदको योग्यताक्रम

(ग) विनोद चौधरी एमालेमा रहेको प्रमाण ।

११) यसमा लेखिएको ब्यहोरा ठीक साँचो हो, झुठ्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक

………………………..

डा. सुभाष चन्द्र यादव

महासमिति सदस्य

सिरहा क्षेत्र नं. ३

ईति सम्बत् २०७८ साल पौष महिना २१ गते रोज ४ शुभम्