काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ ।
विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले आज (बिहीबार) जारी प्रेस विज्ञप्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएका कारण कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पनि पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने उल्लेख छ ।