२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानले रुससँग ऊर्जालगायतका क्षेत्रमा बृहत् सम्बन्ध विकास गर्ने : जापानी प्रधानमन्त्री

अ+ अ-

टोकियो । जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा सहयोग सहितको सम्बन्धलाई व्यापक रूपमा विकास गर्न रुससँग वार्ता जारी राख्न चाहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताएका छन् ।

संसद्को तल्लो सदनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले राष्ट्रिय हित पूरा गर्न जापान र रुसबीच ऊर्जा लगायतका सम्बन्धलाई बृहत्तर रूपमा विकास गर्ने हाम्रो योजना रहेको बताएका छन् ।

प्रधानमन्त्रीले टोकियोले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धिमा हस्ताक्षर गर्न सन् २०१८ लगायतका पहिले नै अवस्थित सम्झौताहरूको आधारमा रुससँग वार्ता जारी राख्ने बताएका छन् ।

दोस्रो विश्वयुद्धपछि स्थायी शान्ति सन्धिमा हस्ताक्षर नगरेपछि रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि जटिल रहेको छ। मुख्य जटिलता भनेको चारवटा टापुहरू – इटुरुप, कुनाशिर, शिकोटान र हाबोमाई मा केन्द्रित छ ।

ती क्षेत्रलाई रुसले कुरिल र जापानले उत्तरी क्षेत्र भनेर बुझ्ने गरेका छन् ।

सन् २०१८ मा जापान र रुसले सन् १९५६ को जापानी(सोभियत संयुक्त घोषणाको आधारमा शान्ति सन्धिमा वार्तालाई गति दिन सहमत भएका थिए।