१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् ।

भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गरे ।

उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाइरहेको बताउँदै काठमाडौँबाट युरोपमा सिधा उडान खुलाउनका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे । काठमाडौँबाट सिधा उडान भएमा नेपालमा युरोपबाट धेरै पर्यटक घुम्न आउने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले कफी, पश्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानको जर्मनीलगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गर्नुपर्ने बताए ।

सोही भेटमा राजदूत प्रिन्जले कोभिडलगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्नतर्फ नेपाल लाग्नुपर्ने बताएका थिए । काठमाडौँ ‘फ्र्याङ्कफर्ट’ सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने राजदूत प्रिन्जको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस