१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ वर्ष कैद र ५० हजार जरिबाना माग गर्दै मन्त्री रेणु यादवविरुद्ध जाहेरी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता रञ्जित कर्णले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै काँग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका कर्णले दिएको उजुरीमा मन्त्री यादवले गौर काण्ड दोहोरिने अभिव्यक्ति दिएकोबाट हिंसालाई प्रश्रय पुगेको दाबी गरिएको छ ।

जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसुर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम सजायको मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४ को असुर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिबाना हुने दफा ५ (ग) मा उल्लेख छ ।

सप्तरी प्रहरीले जाहेरी दर्ता नगरेका कारण हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको कर्णले जानकारी दिएका छन् । कर्णले आजै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस