८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासङ्घको आपत्ति

अ+ अ-

काठमाडौँ । व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेको गृह मन्त्रालयको विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले शुक्रवार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् ।

‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासङ्घ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’, पुरीले भनेका छन्, ‘महासङ्घ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

मन्त्रालयले सार्वजनिक स्थलमा प्राप्ताङ्क नाममा व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो गरेको पाइए कारबाही गर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराइएको छ भने त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस