१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती लोकसेवा आयोगले सूचना सच्याउन भेटेरिनरी एसोसिएसनको माग

अ+ अ-

काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सकतर्फको छैटौँ तहको पदपूर्तिका निम्ति एक तहमाथिको न्यूनतम शैक्षिक योग्यता राखी पशु चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेको सूचना प्रकाशित गरेकामा विरोध जनाएको छ ।

आयोगले यही माघ १० गते प्रदेशका विभिन्न सातवटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि गरिएको पदपूर्तिको सूचनामा योग्यता बढाइएकामा एसोसिएसनले गुनासो गरेको छ । एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा योग्यता सच्याउन आग्रह गरिएको छ ।

ती पदमा कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्याउन सङ्गठनले आग्रह गरेको छ । स्थानीय तहहरूमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरू र कर्मचारी सख्या सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी तेरिजमा व्यवस्था भएकामा पशु चिकित्सकको दरबन्दी सातौँ र आठौँ हुने प्रस्टसँग उल्लेख रहेको स्पष्ट पारिएको छ ।

एसोसिएसनले गत वर्ष यसैगरी प्रकाशित विज्ञापनबारे २०७७ साल माघ १४ गते बागमती प्रदेश लोकसेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरूलाई कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्याउन अनुरोध गरिएको र सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचाराधीन छ ।

आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी पटकपटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पुर्याउने काम नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस