९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु हिंसामा परेकी वृद्धाको मानवअधिकारको पहलमा उद्धार

अ+ अ-

दमौली । घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ ।

छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो ।

गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पुर्याएकी छन् । गैह्रेसहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरीसमेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ । पीडितको टाउको, ढाँड र खुट्टामा चोट लागेको छ । भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन् ।

आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नं १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेलगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन् । प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरी रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले छारे रोगी भएका कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताए ।

यसैबीच घाइते वृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट पाँच हजार उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराएका हुन् ।

सो अवसरमा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाका बारेमा जानकारी लिई अभियुक्तलाई कानूनी कारवाहीका बारेमा इलाका प्रहरी कार्यालय भानुका प्रमुख भुसालसँग जानकारीसमेत लिए ।

प्रतिक्रिया दिनुहोस