काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता डा. शशाङ्क कोइरालाले आगामी निर्वाचनमा गठबन्धन जरुरी नरहेको भन्दै एक्लै लड्नुपर्ने प्रस्ताव राखेका छन् ।
केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठकमा आज (बिहीबार) गठबन्धनको विषय उनैले प्रवेश गराएका थिए । कोइरालाले काँग्रेस एक्लै चुनाव लड्नुपर्ने र कसैसँग गठबन्धन गर्न नहुनेमा जोड दिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ । काँग्रेसले एक्लै चुनाव लड्नुपर्छ । आ-आफ्नो विचार र एजेन्डा लिएर जनतामा जानु नै निर्वाचन हो । चुनावमा गठबन्धन जरुरी छैन ।’
बैठकमा गठबन्धनको बारेमा आफूले मात्र कुरा राखेको उनले जानकारी दिए ।