काठमाडौँ । एमसीसीको विरोधमा आज राजधानी काठमाडौँको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।
सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।
बिभिन्न राजनीतिक दल, भ्रातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।
एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ ।
नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि बिहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।