७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी भर्नाको विज्ञापन रोक्न माग गर्दै मधेस सरकार सर्वोच्चमा

सर्वोच्च अदालत
अ+ अ-

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले विभिन्न तहमा ठुलो संख्यामा प्रहरी भर्नाका लागि गरेको विज्ञापन रोक्न माग गर्दै मधेस सरकार सर्वोच्च अदालत पुगेको छ ।

प्रहरी भर्ना प्रक्रिया रोक्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका बस्ने अमृतकुमार मिश्रलाई वारेस बनाई मन्त्री साहले फागुन ४ मा दायर गरेको रिटमा मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म रिटसँग सम्बन्धित अन्य कुनै कामकारबाही अगाडि नबढाउन अन्तरिम आदेशको माग गरेका छन् । उक्त मुद्दाको पेसी फागुन १० गतेका लागि तोकिएको छ ।

मन्त्री साहले आज (शुक्रबार) जनकपुरधामस्थित मधेस भवनमा आयोजित पत्रकार सम्मेलन गरेर प्रहरी भर्ना रोक्न सर्वोच्चमा रिट दायर गरेको जानकारी दिए । भर्ना खुलाएर प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप र मधेसका जनताको मौलिक हकमा आघात पुर्‍याउन खोजेको उनको आरोप छ ।

प्रदेशलाई संविधान र कानुनमा सुनिश्चित गरिएका अधिकार दिन अहिलेको अग्रगमनको गठबन्धन सरकार समेत अनिच्छुक र अनुदार देखिएको मन्त्री साहले टिप्पणी गरे । संविधान कार्यान्वयनका लागि सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा सङ्घ, प्रदेश तथा स्थानीय तह अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

नेपाल प्रहरीले गत माघ १० गते खुला र समावेशी गरी १४६ प्रहरी निरीक्षक, एक हजार ९७१ जना प्रहरी जवान, खुला तथा समावेशी गरी १६३ जना प्रहरी कार्यालय सहयोगी (भान्छे), खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (हजाम), खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (सिलाइबुनाइ), खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (कुचिकार) र खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (धोबी) विज्ञापन आव्हान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस