२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट) सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो ।

उक्त विदेशी मुद्रा अवैध रूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई बिहीबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ६२ लाख आठ हजार जरिवाना ठहर गरेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २९ गतेको फैसलाअनुसार १० दिन कैद र बिगोबमोजिम रु ६२ लाख आठ हजार जरिवाना ठहर भई फरार रहेका तारकेश्वर नगरपालिका–२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई बिहीबार पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर विसं २०७६ – २०७७ मा नेपाल बैङ्क लिमिटेड न्यूरोड शाखाको दुई वटा चेक दिएर बैङ्किङ कसुर गरेकाले अधिकारीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका अधिकारीलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरीको भनाइ छ ।