२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा छात्रावासबाट हराइन् चौध वर्षीय बालिका

अ+ अ-

तनहुँ । बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् ।

व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन् ।

जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन् । बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको खातुन ४.५ फिट अग्लो रहेको बताइएको छ ।

आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिइन् । आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको उनले बताइन् ।

बिहानीपख ढोका खोलेको छात्रावासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेवास्ता गरिँदा बालिका हराउन गएको बताइएको छ ।

उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्रजना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए । छोरी हराएकाले भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गरेकी छिन् ।

छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उनले बताइन् ।