८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारको चुनाव : आज उम्मेद्वार मनोनयन, अध्यक्षको मनोनयन शुल्क ५० हजार

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यतालिका छ। चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ।

उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दाबीविरोध समय मङ्गलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली भने फागुन २५ गते प्रकाशन गर्ने बारको सूचनामा उल्लेख छ।

निर्वाचनका लागि देशभरका विभिन्न ३५ मतदान केन्द्रमा मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।

बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन हुँदैछ। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन हुन लागेको हो।

यस्तै एसोसिएसनको अध्यक्षमा उम्मेदवारी दिन ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ।

यसैगरी उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष प्रत्येक पदमा उम्मेदवारी दिन ३५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बारको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ।

सदस्यका लागि भने २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ। चैतमा हुने निर्वाचनका लागि बारले फागुन १० गते दिउँसो ४ बजे मतदाता नामावली प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस