१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरि बढ्यो कुखुराको मासुको मूल्य

अ+ अ-

काठमाडौं । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् ।

गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य आज (शुक्रबार)देखि पुनः बढेको हो ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखुराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । ‘सोमबार २८० बाट ९० पुग्यो, आज ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको छ, बजारमा कुखुरा अभाव छ,’ सङ्घका सचिव देवकुमार गिरीले भने ।

कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । सङ्घकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।

रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएको सचिव गिरीले बताए । ‘दाना महँगो हुँदा किसान पेसाबाट पलायन भए, बजारमा कुखुरा उत्पादन कम भएपछि मूल्य बढ्यो’ सचिव गिरीले भने ।

प्रतिक्रिया दिनुहोस