९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी

अ+ अ-

काठमाडौँ । मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी दिएका छन् ।

तनहुँको भानु नगरपालिका ९ बाइस जाँगरका पीडित परिवारले लमजुङको सुन्दर बजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि बढाएको बताए । कार्कीअनुसार किटानी जाहेरी परेका ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

लमजुङको सुन्दर बजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मङ्गलवार मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकले पौडी खेल्न लगेको, र होस्टेलमा बसेका छोरालाई पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारले आरोप लगाएका छन् ।

बुधवारको सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरूले अनिश्चित कालीन बन्दको घोषणा गर्दै तनहुँको बाइस जाँगरमा बेंसीसहर–डुम्रे सडक अवरुद्ध गरेका थिए । शुक्रबार प्रहरीले जाहेरी लिएपछि पीडितले जिल्ला अस्पतालमा राखेको शव बुझेर आन्दोलन पनि फिर्ता लिएको पीडितका आफन्त गणेश श्रेष्ठले बताए ।

गत मङ्गलवार दिउँसो भएको घटनालाई लिएर आक्रोशित बाइस जाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यानमा तोडफोड गरेका थिए ।

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मङ्गलवार बाइसजागरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, हवाई फायर र लाठी चार्ज गरेको थियो ।

स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधवार बिहान ६ बजेदेखि राति ९ बजेसम्म स्कुल भएको सिउँडी बार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस