९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसीको कारण पार्टी छाड्नेहरूलाई प्रचण्डको सुझाव– बरु बिजुक्छेकहाँ जानुस्

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका छन् । त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउन सक्ने उनले बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौँ त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौँ ।’

उनका अनुसार व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै छ । आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने र आवश्यक परे फोरम चलाउन पनि दिने गरी अघि बढेको अध्यक्ष प्रचण्डले बताए ।

त्यो बेला फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘राजीनामा दिन्छौँ ढक्क हुनुस् ।’

एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरूप्रति भने उनले कडा टिप्पणी गरेका छन् । एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौँ भन्नेहरू एमालेमा प्रवेश गरेको भन्दै उनले भने, ‘यो भन्दा विचित्र के हुन्छ रु जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान बिजुक्छे कहाँ जानू ।’

‘संसद्मा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान बिजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ ।’

हालै माओवादी केन्द्रका कर्णाली प्रदेश सभा सदस्य डम्बर विष्टले एमसीसीलाई कारण देखाउँदै पार्टीबाट अलग हुने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस