८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नायब सुब्बाको अन्तर्वार्ता रोकिँदा परीक्षार्थी मारमा: विरोधमा लोक सेवा आयोगमा धर्ना

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगद्वारा आर्थिक वर्ष २०७६/७७ मा प्रकाशित नायब सुब्बाको विज्ञापनमा लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको चरणमा रोकिए पछि परीक्षार्थीहरूले आयोगको कार्यालयमा धर्ना दिएका छन् ।

विज्ञापन सम्बन्धी अन्तर्वार्ताको सूचना प्रकाशित गर्न दबाब दिँदै परीक्षार्थीहरू लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा धर्नामा बसेका हुन् ।

आयोगले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को नायब सुब्बाको विज्ञापनमा परीक्षार्थीहरूले सबै लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको चरणमा नै गत भदौमा उनीहरूको अन्तर्वार्ता स्थगित भएको थियो ।

कर्मचारी समायोजन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा परेपछि लोक सेवा आयोगले सबै परीक्षा र नतिजा प्रकाशित गर्ने काम स्थगित गरेको थियो तर त्यस्तो कर्मचारी समायोजन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतको पूर्ण इजलासले यही माघ १२ गते फैसला गर्दै कर्मचारी समायोजन कानुनसम्मत भएको र सोसँग सम्बन्धित रिट निवेदन खारेज हुने ठहर गरेको समेत गरेको थियो ।

साथै लोक सेवा आयोग ऐन २०६६ र नियमावली २०६७ बमोजिम परीक्षा पक्रिया सुरु भइसकेपछि विज्ञापन रद्द गर्न नमिल्ने भनी नजिर समेत प्रतिपादन गरेको थियो र सोही फैसलामा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनु भनी विपक्षी लोक सेवा आयोगको नाउँमा परमादेश जारी गरे पछि लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशन मात्र गरेको थियो तर सोही वर्षको नायब सुब्बाको रोकिएको अन्तर्वार्ताको सूचना भने आयोगले हालसम्म पनि प्रकाशन गर्न सकेको छैन ।

यसले गर्दा वर्षौँदेखि लोक सेवा आयोगको तयारी गरी सबै लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको चरणमा रहेका विद्यार्थी मारमा परेका छन् । यसरी महिनौँसम्म अन्तर्वार्ता रोकिँदा उनीहरूको भविष्य अन्योल भएको छ ।

सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित सबै रिट निवेदनहरू खारेज गर्ने ठहर गरेको र स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनु भनी विपक्षी लोक सेवा आयोगको नाउँमा परमादेश जारी गरिसकेको अवस्थामा हाम्रो अन्तर्वार्ताको सूचना आउन नसक्नु विडम्बना हो, अब लोक सेवा आयोगले हाम्रो अन्तरवार्ताको सूचना तत्काल प्रकाशित गर्नुपर्छ यसमा कुनै पनि बहानामा ढिलाइ गरिनु हुँदैन भन्ने धर्नामा बसेका परीक्षार्थीको माग छ ।

प्रतिक्रिया दिनुहोस