धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्रमा प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
प्रशासनले आज (शुक्रबार) सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।
यसरी बुझाइएका हतियार चुनाव सकिएपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ ।
यस्तै प्रशासनले इजाजत नलिई हतियार राखेको भए त्यस्ता हतियार पनि बुझाऊ भनेको छ ।
चैत २१ गतेपछि खोजतलास गर्दा कसैसँग हतियार भेटिएमा कानुन अनुसार कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।
सूचना :
