२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय विभेदको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदसँग सम्बन्धित घटनाहरूको सूक्ष्म र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगले ५७ औँ जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा पीडितको सुरक्षाको प्रत्याभूति गर्न, न्यायिक अधिकारका साथै राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जातीय विभेदविरुद्धका ऐन तथा कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्न, जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटना न्यूनीकरणका लागि कानुनी सचेतना अभिवृद्धि गर्न तथा सर्वोच्च अदालतका आदेश र आयोगका सिफारिसहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिन आयोग नेपाल सरकारलाई पुनः आग्रह गर्दछ ।’

काठमाडौँमा जातीय पहिचानको आधारमा कोठा नदिई भेदभाव गरेको, सर्लाही र सुनसरीमा अन्तरजातीय विवाह गरेका जोडीलाई सम्बन्ध विच्छेद गर्न बाध्य पारिएको, रामेछापमा १३ वर्षीयता बालिकालाई घरभित्र पसी दही खाएको आरोपमा दिनभर यातना दिइएकोलगायत घटनाहरू आयोगको जानकारीमा आएको आयोगले जनाएको छ ।

विद्यालय, होटेल, चिया पसल, पानी पँधेरा र सामाजिक जमघटका कार्यमा अझै पनि विभेद हुने गरेको, दलित महिलामाथि भएका यौन दुर्व्यवहारका घटना सम्बन्धमा प्रहरीमा उजुरी नपर्ने र परे पनि मेलमिलाप गराउने गरिएको, स्थानीय तहबाट प्रदान गर्ने सेवा सुविधाहरू दलित मैत्री हुन नसकेको जस्ता तथ्यहरू आयोगको अनुगमनबाट प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगमा गत वर्ष जातीय विभेदसँग सम्बन्धित नौ वटा उजुरीहरू दर्ता भएका छन् । आयोगले उक्त घटना र अवस्थाले व्यक्तिको मानवोचित, मर्यादित र भेदभावरहित जीवनयापनमा असर परेको देखिएको छ भने विद्यालयमा हुने जातीय विभेद तथा अन्तरजातीय विवाहका कारण भएका हत्यालगायत घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, विभेदबाट पीडितलाई क्षतिपूर्ति दिन, कानुनी सुधार गर्न एवं संविधान तथा कानुनमा उल्लिखित जातीय विभेदविरुद्धको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न र सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आयोगले यसअघि नेपाल सरकारलाई सिफारिस गरेको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा जारी जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च २१) को अवसरमा आयोग सबैलाई शुभकामना व्यक्त गर्दै सो आग्रह गरेको हो । नेपाल पक्ष भएको जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ ले सबै किसिमका जात तथा रङ्गका आधारमा हुने भेदभाव उन्मूलन गर्ने तथा जातीय भेदभावका कारण पीडित व्यक्ति वा समूहका अधिकारको संरक्षण र संवर्द्धन गर्ने उल्लेख गरेको छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हकलगायतका अधिकारको सुनिश्चितता गरेको छ । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव ९कसुर र सजाय० ऐन, २०६८ र मुलुकी अपराध संहिता, २०७४ समेतले यस्ता हकहरूको प्रत्याभूति गरेको छ । यसै गरी सर्वोच्च अदालतले समेत जातीय विभेद र छुवाछूतको न्यूनीकरण गर्ने सम्बन्धमा महत्त्वपूर्ण आदेशहरू दिएको छ ।