काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महँगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०-२२ करोड रुपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन् ।
यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पाए ।
आज (बिहीबार) प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले एक हप्ताका लागि महँगो मूल्यमा बिजुलीको जोहो गरिएको जानकारी दिए । उनले उद्योगीहरूलाई पनि यो सङ्कटका बेला सहयोग गर्न आग्रह गरे ।
घिसिङले भने, ‘एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौँ । लामो समय यसलाई जारी राख्न सकिँदैन । यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु । सकारात्मक कुराकानी भएको छ ।’