७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनभित्र विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : अध्यक्ष नेपाल

अ+ अ-

जनकपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् ।

धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।’

अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा हामी इमानदार छौँ भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताए । गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उनले जानकारी दिए ।

‘गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन’, अध्यक्ष नेपालले भने’, हरेक पार्टी आ–आफ्नो शक्ति र सामर्थ्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।’ अध्यक्ष नेपालले आवश्यकता पर्‍यो भन्ने ‘विन विन’ का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार छौँ भने ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताए ।

आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उनले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्ज्वल रहेको उल्लेख गरे ।

राजनीति व्यापक सम्भावनाको खेल हो, भोलि निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन ।’ एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ, उनले बताए ।

प्रतिक्रिया दिनुहोस