२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेटाङ घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानव अधिकार आयोग

अ+ अ-

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले मोरङको लेटाङमा प्रहरी मारिएको घटनाका दोषी पहिचान गरी तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रभावकारी अनुसन्धानमार्फत घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गरेको हो ।

विज्ञप्तिमा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार गर्न, बालिकामाथि भएको यौन दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

आयोगले भविष्यमा यस प्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन सबै पक्षलाई आग्रह गरेको छ ।

एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका लेटाङ नगरपालिका-५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ६ गते आक्रमण भएको थियो ।

आरोपित शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।