२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय भलिबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब च्याम्पियन

अ+ अ-

सुदूरपश्चिम । धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।

आज भएको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । २५–२३ मा पहिलो र २५–२० दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाउनु परेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै आर्मीले पुरस्कार स्वरूप चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको पुलिसले दुई लाख प्राप्त गरेको छ ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गरेको थियो । तेस्रो स्थान प्राप्त गर्ने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपिएफले ५० हजार प्राप्त गरेका छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर धामीले पुरस्कार वितरण गरे ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित आर्मीका मानबहादुर श्रेष्ठले १५ हजार प्राप्त गरे । उदयीमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रबिन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलिस क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए ।

उनीहरूलाई जनही १० हजारसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा तीन विभागीय र छ प्रदेश गरी नौ टोलीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम घर भएका खेलाडी सम्मानित:

प्रतियोगिताको समापन समारोहमा सुदूरपश्चिम घर भएका भलिबल खेलाडीलाई सम्मान गरिएको छ। भलिबल खेलको राष्ट्रिय टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित राष्ट्रिय टोलीमै प्रतिनिधित्व गरिरहेका सुदूरपश्चिम प्रदेश घर भएका भलिबल खेलाडी राजेन्द्र विष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रबिन चन्द र दीपक जोशीलाई सम्मान गरिएको छ ।