२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ निष्ठाले चुनाव जित्नुपर्छ ’

अ+ अ-

ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याएका छन् ।

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा सुकै बेला अप्ठेरोमा पर्न सक्नेतर्फ समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए।

उनले भने, ‘सम्पूर्ण सरोकारवालाको सहभागितामा मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ भन्नेमा आयोग दृढ छ, खर्च गरेर निर्वाचन जित्छु भन्ने मनसाय राख्ने दल र उम्मेदवारले लोकतन्त्रको दुहाइ दिन मिल्दैन, पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ ।’

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन भनेको राजनीतिको कर्मकाण्डी प्रक्रिया नभई विकास, सहभागिता र सुशासन प्रत्याभूतिको प्रक्रिया भएकाले आचारसंहिता पालनाको संस्कृतिलाई अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘निर्वाचन भनेको समानता र सभ्यताको प्रणाली हो भने आचारसंहिता स्वावलम्बन र स्वराजको प्रक्रिया हो, प्रजातन्त्र चाहिँ सांस्कृतिक अभ्यास हो । आचारसंहिता पालनाको मुख्य जिम्मेवारी राजनीतिक दल र उम्मेदवारको हो ।’

नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले १८ वर्ष उमेर नपुगेकाले मतदान गर्न पाउँदैनन्, उमेर पुगेका धेरै रोजगारीका लागि विदेशिएको अवस्था रहेको तथा ज्येष्ठ नागरिक मतदान गर्न जान नसक्ने हुँदा निर्वाचनमा धेरै पैसा केका लागि खर्च गर्नुपर्छ भनी जिज्ञासा राखे ।

उनले भने, ‘पछिल्ला निर्वाचन लोकतन्त्रको सुदृढीकरण र जनताको हितका लागि नभई राजनीतिक दल र नेताका लागि मात्र हुन पुगेको छ । यस्तो निर्वाचनले देश र जनताका भलो गर्दैन, निर्वाचन सुशासनका लागि कि खर्च गर्नका लागि हुन लागेको छ ।’

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन गराउने संवैधानिक दायित्वअनुरूप आयोगले निर्वाचनको तयारीलाई तीव्र र सघनरुपमा अघि बढाइरहेको जानकारी दिए ।

उनले भने, ‘स्वच्छ र स्वतन्त्र निर्वाचन सुशासनको कडी हो, आचारसंहितालाई नैतिक र कानुनी बन्देजका रुपमा रहेकाले निर्वाचनमा सबैलाई बराबरको अवसर प्रदान गर्न पूर्णपालनामा जोड दिएका हौँ ।’

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडी, सहसचिव यज्ञप्रसाद भट्टराई र पूर्व मन्त्री माधव पौडेलले निर्वाचन आचारसंहिता, राजनीतिक दलको आयव्यय तथा कार्यान्वयन र अनुगमनसम्बन्धी बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन मत परिणामलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन आचारसंहिताको पालनामा जोड दिए। उनीहरुले निर्वाचनलाई किफायती बनाउन महोत्सव होइन दैनिकीका रुपमा लैजानुपर्छ भनी सुझाव दिए ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचन आचारसंहिता किन, मूलभूत व्यवस्था र पालना गर्नुपर्ने आचरण तथा कार्यान्वयनमा सरोकारवाला पक्षबाट प्रतिबद्धता जाहेर गर्न आयोगले अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिए ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठ, माधव पौडेल, नेकपा एमालेका खेमप्रसाद लोहनी र बाबुराम दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा (माओवादी केन्द्र)का खिमलाल देवकोटाले लोकतन्त्रलाई सुदृढ तुल्याउन र निष्ठाको राजनीतिमा रहेका उम्मेदवार चयनका लागि निर्वाचन आचारसंहिता पालनामा कठोर हुन र स्वतन्त्र पूर्वक काम गर्न आयोग पदाधिकारीलाई सुझाव दिए ।

नागरिक समाजका तर्फबाट प्राध्यापक कपिल श्रेष्ठ, खेमराज रेग्मी, इन्दिरा श्रेष्ठ, मीन खड्का, आशा बस्नेत, प्रदीप श्रेष्ठ, इन्दु तुलाधर तथा गाउँपालिका महासङ्घका अध्यक्ष वंशलाल तामाङ लगायतले पछिल्ला निर्वाचनमा पैसा खर्च गरेर नतिजा आफ्नो पक्षमा ल्याइएकाले जनप्रतिनिधिप्रतिको आस्था र विश्वास घटेकाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्‍याउन सरोकारवाला पक्षसँग आग्रह गरे ।

आयोग र नेपाल कानुन समाजले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयमा यसअघि मुलुकका सातै प्रदेशसहित १४ स्थानमा कार्यक्रम गरी सकेको छ ।