२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिर्के खोला अतिक्रमण रोक्न अख्तियारमा उजुरी

अ+ अ-

पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्के खोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ ।

पोखरा महानगरपालिका– १८ अँधेरीकुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदासमेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्योहोरा उल्लेख गरी आयोगमा उजुरी दिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

उनले भने, ‘हामीले यस विषयमा सम्बन्धित निकायलाई धेरैचोटी ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन, त्यसैले अहिले अख्तियार कार्यालयको तर्फबाट तत्कालै रोक्का गरी आवश्यक छानबिन गरिपाऊँ भनी उजुरी दिएका छौँ ।’

उनले मुहानबाट फेवातालसम्म व्यापक अतिक्रमण हुँदै गएको र कथित नयाँ प्रमाण देखाएर अद्यावधिक गरेको भन्दै लालपुर्जा देखाएको ‘राइट अफ वे’ पनि देखाउन नसकेका कारण यो रोक्न अख्तियार पुगेको बताए।

प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गरेर अघि बढ्नुपर्ने निकाय नै यस विषयमा गम्भीर हुन नसक्दा अतिक्रमण बढ्दै प्राकृतिक सम्पदा नासिँदै गएको उनको भनाइ छ ।

पौडेलले सोही व्योहोराको निवेदन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायलाई पनि बुझाएर ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले तत्काल अतिक्रमण रोक्नका लागि पोखरा महानगरपालिकालाई तथा यस कार्यमा आवश्यक समन्वय गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ ।