१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो

अ+ अ-

बेनी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् ।

६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् ।

राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडा समितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् ।

नेपाली काँग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले १४ र नेकपा (एमाले)ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन ।

वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुनः उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् ।

माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुई जनालाई पुनः निरन्तरता दिन टुङ्गो लगाएको छ । हाल वडाध्यक्ष रहेका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन: अध्यक्ष पदको उम्मेदवार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुन : उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेसम जुग्जालीले बताए । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्याशी हुन् ।

एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुन नसके बढीमा तीन आकाङ्क्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए ।

वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुनःउम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुनः उम्मेदवार सर्वसम्मत भएका छन् । एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिएका छन् ।

मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुनः सोही पदमा दोहोर्‍याउने गरी उम्मेदवार बन्न पार्टीमा छलफल चलाएकी छन् । यस अघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमाया बिटालु यस पटक गाउँपालिका अध्यक्षमै उम्मेदवार बन्ने दौडधुपमा छिन्। धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेसम छन्त्यालसमेत पार्टीबाट पुनः उम्मेदवार बन्न इच्छुक छन् ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि पनि पुनः उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन् । वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएकामध्ये रघुगङ्गा गाउँपालिका–१ बेगमा बिलप्रसाद फगामी, ५ झिँ मा मनबहादुर शेरमञ्जा र वडा नम्बर ८ कुइनेमङ्गलेमा गमान छन्त्याल पुनः वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित छ । तीनै जना २०७४ को निर्वाचनमा वडाध्यक्षमा चुनिएका थिए ।

बेनीनगरपालिका–८ बाट वडाध्यक्षको उम्मेदवारमा यसअघि वडा सदस्य रहेका हिमबहादुर भण्डारीलाई काँग्रेसले सर्वसम्मत छनोट गरेको छ । मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडाध्यक्ष टङ्कप्रसाद पुनलाई नै पुनः उम्मेदवार छनोट गरिएको छ ।

रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुनः काँग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने होडमा छन् । काँग्रेसबाट वडा नं ३ का वडाध्यक्ष जीवनकुमार मल्ल र वडा नं ६ का वडाध्यक्ष एवं काँग्रेस पालिका समितिका मनकुमार शेरपुञ्जा पनि अध्यक्षको प्रत्याशी छन् ।

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्न दौडधुपमा छन् । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुन: गाउँपालिका अध्यक्षमा उठ्ने कसरतमा छन् । पार्टीले वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकेको खण्डमा पालिका समिति हुँदै जिल्ला कार्यसमितिमा आकाङ्क्षीको नाम सिफारिस गर्न निर्देशन दिएबमोजिम उम्मेदवार छनोट भइरहेको काँग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

जिल्लामा मङ्गोल नेशनल अर्गनाइजेशनले पालिका उम्मेदवार छान्न सुरु गरेको छ । रघुगङ्गा–२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ८५ हजार ३७५ मतदाता छन् । मतदानका लागि ७४ मतदान स्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस