काठमाडौँ । स्थानीय निर्वाचनमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज (सोमबार) बस्दै छ ।
बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् ।
आजको बैठकमा शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।
तलबाट आएको प्रतिवेदनअनुसार गठबन्धनको मोडालिटी बनाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।