२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु

अ+ अ-

काठमाडौँ । ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ ।

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाइमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरि आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले ‘गाइड’ गरेका थिए ।

सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजङ्घा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।

सन् १९९० देखि आरोहण गरिरहेका एन्टोनिसले हालसम्म ६६ वटा हिमाल आरोहणमा सहभागी भएका छन् । तीमध्ये १२ वटा हिमाल आरोहण टोलीको नेतृत्वसमेत गरेका छन् ।

उनले अहिलेसम्म २ हजार मिटरमाथिका २९‚ ३ हजार मिटरमाथिका ५० र ४ हजार मिटरमाथिका ६३ वटा हिमाल आरोहण गरिसकेका छन् ।