१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन तहबीचको सम्बन्ध मजबुत बनाउन सके मुलुकको समृद्धि : मुख्यमन्त्री पोखरेल

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र सङ्घ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।

नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षासमेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् ।

प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो सर्त भएको बताउँदै मुख्यमन्त्री पोखरेलले सङ्घीयताको अभ्याससँगै नागरिकका आवश्यकता र चाहनाअनुसारका क्षेत्रमा काम गर्न आफूहरू क्रियाशील रहेको बताए । ‘प्रदेश सरकारले प्रस्ट सोच र योजनाका साथ आर्थिक समृद्धिको लागि प्रयत्न गर्दै आएको छ’, मुख्यमन्त्री पोखरेलले सन्देशमा भनेका छन् ।

विसं २०७९ साल चुनावी वर्ष भएकाले निष्पक्ष निर्वाचनमा सहभागी भई मुलुकको समृद्धिका साथै प्रजातान्त्रिक प्रणालीको सुदृढीकरणका लागि योगदान पुर्‍याउन प्रदेशवासीमा अनुरोध गर्दै उनले नयाँ वर्षले प्रदेशमा दिगो शान्ति, सुदृढ प्रादेशिक एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोस, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस