काठमाडौँ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज (शुक्रबार) बस्दै छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ । उनीहरुलाई प्रदेश छुट्याएको जिम्मेवारी बाँडिएको छ ।