काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले महानगर र उपमहानगरमा भागबन्डाका लागि कुनै प्रस्ताव नआएको प्रस्टाएको छ ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगर/उपमहानगरको भागबन्डाका लागि प्रस्ताव आएको भनी प्रसारित समाचारमा सत्यता नभएको बताएका छन् ।
बिहान बसेको बैठकले महानगर र उपमहानगरको भागबन्डा टुङ्गो लगाउन नसकेपछि सत्ता गठबन्धनको बैठक पुन बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेता सहित अनुगमन संयन्त्रका नेताहरूको संयुक्त बैठक बसेको थियो ।
बैठक आज बेलुकी पुनः बस्ने भएको छ । महानगर र उपमहानगरमा उम्मेदवारका लागि दलको भागबन्डा साँझसम्म टुङ्गिने गरी छलफल चलेको मल्लले सामाजिक सञ्जालमा लेखेका छन् ।