काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् ।
तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् ।
सोमबार पार्टी कार्यालय, पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चुनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।’