२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन

अ+ अ-

सप्तरी । कोसी सम्झौता गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् ।

कोसी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले आज (बुधबार) बिहान प्रदर्शन गरेका हुन् ।

वडा अध्यक्ष उमेश यादवको अगुवाइमा उनीहरुले प्लेकार्डसहित नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

हिजो (मंगलबार) राति भएको वर्षाका कारण हिलाम्य सडकमा उनीहरुले प्रदर्शन गर्दै कोसी सम्झौता खारेजको माग गरेका छन् ।

‘या त यो बाटो निर्माण गरियोस्, या त सम्झौता नै खारेज गरियोस्’ वडा अध्यक्ष यादवले भने, ‘सम्झौता अनुरुप सडक बनाउने काम भारत सरकारको हो । तर बनाइरहेको छैन ।’

उनले बरु सम्झौता खारेज गरिदिए आफूहरु नै मिलेर सडक बनाउने बताए । ‘गर्मीमा धूलो र वर्षामा हिलोका कारण हामीलाई समस्या भइरहेको छ’ वडा अध्यक्ष यादवले भने, ‘धूलोका कारण गाउँका मानिस बिरामी हुन थालेका छन् ।’

स्थानीय सडक मर्मतको माग गर्दै प्रदर्शन गरिरहँदा पुगेका प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले यसबारे नेपाल तथा भारतीय अधिकारीसँग कुरा गर्ने बताएपछि उनीहरुले आन्दोलन टुङ्ग्याएका छन् ।

वडा अध्यक्ष यादवले चाँडै सडक मर्मत गर्नेतर्फ ध्यान नदिइए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।