काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने भएपछि वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।
उनले आज (आइतबार) प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् ।
आफूले सोमबार काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिने उनले बताए ।