२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैङ्कको यात्रा डिजिटल करेन्सीतर्फ : डेपुटी गभर्नर मिश्र

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् ।

राष्ट्र बैङ्कको ६७ औ वार्षिकोत्सव समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैङ्कको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उनले बताए ।

उनले अर्थतन्त्र बाह्य क्षेत्रको कारण दबाबमा परेको समेत बताए । बाह्य क्षेत्रबाट अर्थतन्त्र मम परेको असरलाई समाधान गर्न राष्ट्र बैङ्कले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनले बताए । कसिलो नीतिहरू अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरू पनि समयानुकूल अघि बढ्ने उनले बताए ।

समारोहमा राष्ट्र बैङ्कले पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ । हरेक वर्ष एक पूर्व गभर्नरलाई सम्मान गर्ने राष्ट्र बैङ्कको परम्परागत अनुसार ११ औँ गभर्नर रावललाई सम्मान गरिएको हो ।