२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनको सूत्र: हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

अ+ अ-

काठमाडौँ । कोरोना महामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवर्द्धनका लागि मात्रै थप रु १९ करोड ६० लाख बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार र नेपाल खुला छ, भन्ने सन्देश प्रवाहका लागि थप बजेटको माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठन भएको सो समिति मातहतको प्राविधिक समितिले सम्बद्ध सरोकारवालासँगको छलफलका आधारमा कठिन समयमा नै नेपालको प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ ।

प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सिर्जनात्मक ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिइएको छ ।

सोही लक्ष्य हासिल गर्न आगामी सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पर्यटन शिखर सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा २० भन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिमण्डललाई सहभागी गराउने तयारी छ ।

त्यसमा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशका पर्यटनमन्त्रीलाई आमन्त्रण गरिनेछ । दक्षिण एसियाली मुलुकका पर्यटनमन्त्री तथा पर्यटन क्षेत्रमा काम गरिरहेका विज्ञ तथा जानकारलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिनेछ ।

नेपाललाई माया गर्ने अन्तर्राष्ट्रिय पर्वतारोही, पदयात्री तथा नेपालको पर्यटनका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मेलनमा सहभागी गराई, उनीहरुको सुझाव तथा सल्लाह लिन लागिएको संयोजक गिरीको भनाइ छ ।

सम्मेलनले विश्ववयापी रुपमा नेपाल खुल्ला छ, पर्यटनमैत्री छ, ‘आउनुस्, नेपालको भ्रमण गर्नुस्’ भन्ने सन्देश विश्ववयापी रुपमा प्रवाह गर्ने समितिले विश्वास लिएको छ । विश्वका प्रख्यात सेलीब्रेटीलाई आमन्त्रण गर्ने क्रम सुरु भएको छ । टर्कीका प्रख्यात सेलीब्रेटी कास्की पुगेका छन् ।

यस्तै, अन्य देशका कलाकार, खेलाडी तथा पर्वतारोहीलाई आमन्त्रण गरेर नेपालका बारेमा विश्ववयापी रुपमा चर्चा परिचर्चाको केन्द्रमा पुर्‍याउने समितिले लक्ष्य तय गरेको छ ।

यस्तै, समितिले नेपालको हरेक पर्यटकीय क्षेत्रको जानकारी रहने गरी ‘टुरिजम डिजिटल म्याप’ बनाउने भएको छ । ‘एक गाउँ एक पर्यटन क्षेत्र’ को अभियानलाई पनि सोही डिजिटल नक्सामा समावेश गर्ने लक्ष्य छ । सो काम नेपाल पर्यटन बोर्डले गर्नेछ ।

नयाँ पर्यटकीय गन्तव्यदेखि पुराना गन्तव्य पनि त्यसमा जोडिनेछन् । पर्यटकले सो नक्सा हेर्ने बित्तिकै नेपालका पर्यटकीय क्षेत्रको बारेमा थाहा पाउनेछन् । सो कार्यका लागि रु ५० लाख बराबरको खर्च गर्ने तयारी गरिएको संयोजक गिरीको भनाइ छ ।

पर्यटनसँग जोडिएका सङ्घ संस्थाको समन्वयमा केही साहसिक खेल तथा पदयात्रा प्रवर्द्धनको कार्यक्रम पनि अगाडि बढाइनेछ । सो कामका लागि रु २० लाख बराबरको खर्च गर्ने लक्ष्य छ ।

विदेशबाट आमन्त्रित पत्रकार, सञ्चारमाध्यम र यात्रासँग जोडिएर समाचार सङ्कलन गरिरहेका, ब्लगर, लेखकलाई नेपाल घुमाउने र उनीहरुको लेख, अन्तरवार्ता गर्ने गराउने कार्यक्रम तय गरिएको छ । त्यसका लागि रु एक करोड बराबरको खर्च गर्ने लक्ष्य राखिएको छ ।

सम्पदास्थलका अन्तर्राष्ट्रियस्तरको शौचालय, पर्यटक सूचना केन्द्र, विश्रामस्थल तथा अन्य जानकारी प्रदान गर्ने स्थलको निर्माण सञ्चालन, व्यवस्थापन गरिनेछ । सो कार्य स्थानीय तहले कार्यान्वयन गर्ने र प्रदेश सरकारले सहयोग गर्ने गरी तय गरिएको छ ।

मुख्य पर्यटकीय गन्तव्य, सहरको सौन्दर्यीकरण र मानकीकरण गर्ने काम पनि समितिको प्राथमिकतामा छ । रु २५ लाख खर्च गरेर दोहोरो अन्तक्र्रिया गर्न मिल्ने खालको पर्यटकमा समर्पित वेबसाइट, एप निर्माण तथा सञ्चालन गरिनेछ ।

त्यस्ता वेबसाइट र एपमा नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने छोटाछोटा श्रव्य दृश्य सामग्री विभिन्न अन्तर्राष्ट्रिय भाषामा उपलब्ध गराइनेछ । नेपाल आउन चाहने पर्यटकले त्यसैबाट आवश्यक जानकारी लिन सक्नेछ ।

आवश्यक जिज्ञासा र चासो राख्न सक्नेछ । सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने र आवश्यक प्रवर्द्धन गर्ने कार्यक्रम पनि समितिको प्राथमिकतामा रहेको छ ।

सात वटै प्रदेशले पर्यटन क्षेत्रका आउन चाहने नयाँ जनशक्तिको खोज, पहिचान, तालिम प्रदान गर्नका लागि आवश्यक व्यवस्था गरिएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिएका १० लाख मध्ये सात लाख कामदार बेरोजगार भएका छन् । उनीहरुलाई पुनः यस क्षेत्रमा फिर्ता ल्याउने र नयाँ जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ ।

पर्यटकीय क्षेत्रमध्ये प्रमुख १० स्थानमा निःशुल्क रुपमा उच्च गतिको वाइफाइ सेवा, डिजिटल माध्यमबाट सूचना उपलब्ध गराउने र सम्पदास्थलको बारेमा बुझाइनेछ ।

यस्तै, अन्तर्राष्ट्रियस्तरमा नेपालको बारेमा जानकारी गराउने पर्यटक विज्ञ, सूचनादाता तथा स्वयंसेवक परिचालन गर्ने गरी कार्यक्रम तय भएको संयोजक गिरीले जानकारी दिए ।