२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : गुजरातको दोस्रो हार, शीर्ष स्थान भने कायमै, आज बैंलोर र चेन्नई भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले दोस्रो हार व्यहोरेको छ।

मुम्बईमा गएराति भएको खेलमा गुजरात पन्जाब किङ्ससँग ८ विकेटले पराजित हुँदै जारी लिगको १० खेलबाट दोस्रो हार व्यहोरेको हो।

गुजरातले दिएको १४३ रनको मध्यम लक्ष्य पन्जाबले १६ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

पन्जाबका लागि शिखर धवनले अर्धसतकीय इनिङ्स खेले। ५३ बल खेलेका धवनले ८ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे। यस्तै भानुका रापाक्षेले २८ बलमा ४० रन बनाउँदा लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए।

गुजरातका लागि मोहम्मद सामी र लक्की फर्गुसनले समान १–१ विकेट लिए।

यसअघि डिवाई पाटिल स्पोर्ट एकेडेमी, मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

उसका लागि साई सुदर्शनले अर्धसतकीय इनिङ् खेले। अविजित ६५ रन बनाउने क्रममा साईले ५० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११–११ रन जोडेका थिए। बाँकी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पन्जाबका लागि कागिशो रबाडाले सर्वाधिक ४ विकेट लिए। अर्सदीप सिंह, ऋषि धवन र लियाम लिभिङस्टोनले समान १–१ विकेट लिए।

यो जितसँगै पन्जाबले १० खेलबाट १० अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। जारी प्रतियोगितामा दोस्रो हार भोगेको गुजरात १० खेलबाट १६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ।

आज पुणेमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंलोर र चेन्नई सुपर किङ्स भिड्नेछन्।