२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लङ्घन घटना तीव्र, आयोगले दल र राजनीतिज्ञहरूमाथि स्पष्टीकरण सोध्ने क्रम बढायो

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र सार्वजनिक पदमा बसेका राजनीतिज्ञहरूमाथि स्पष्टीकरण सोध्ने क्रम बढाएको छ । देशभर निर्वाचन प्रचारप्रसारका साथै मतदानको मिति नजिकिँदै गर्दा आयोगले आचारसंहिता उल्लङ्घनका घटना तीव्र भएको आन्तरिक निष्कर्षका साथ स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै नेपाली काँग्रेसलाई स्पष्टीकरण सोधेको छ । काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौँ, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले काङ्ग्रेससँग जवाफ माग गरेको हो । निर्वाचन आयोगले त्यो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई स्पष्ट पार्न निर्देशन दिएको छ ।

आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि स्पष्टीकरण सोधेको छ । ‘त्यस दलको तर्फबाट कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विक्रम साह लगायतका व्यक्तिहरूले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्ट सहित प्रचारमा देखिन आएकाले’ स्पष्टीकरणमा भनिएको छ, ‘आचारसंहिता विपरीत काम गरेको देखिँदा किन कारबाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र प्रमाणसहित जवाफ दिन अनुरोध गरिन्छ ।’

यस्तै आयोगले सार्वजनिक पदमा रहेका राजनीतिज्ञहरूमाथि पनि स्पष्टीकरण सोध्न थालेको छ ।

आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान प्रचार प्रसारमा खटिएको फोटो सहितको विवरण सामाजिक सञ्जालमा भेटिएको भन्दै आयोगले स्पष्ट पार्न भन्दै पत्र लेखेको हो । आयोगले २४ घण्टा भित्र प्रमाणसहित जवाफ दिन भनेको छ ।

आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेलाई पनि स्पष्टीकरण सोधेको छ । चुनाव प्रचारमा खटिएको सूचना पाएको भन्दै आयोगले उनलाई जवाफ दिन निर्देशन दिएको हो ।

घिमिरेले पत्रकार सम्मेलन गर्दै आफूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेका थिए । उनले सरकारका मन्त्रीहरूले पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका थिए ।

आयोगले आफ्नो क्षेत्राधिकारमाथि चुनौती नदिन पनि घिमिरेलाई चेतावनी दिएको छ । आयोगको निर्देशनमा भनिएको छ, ‘आयोगलाई चुनौती दिएको अभिव्यक्ति तपाईँले दिनुभएको हो होइन ? दिनुभएको हो भने संवैधानिक आयोगको गरिमा घट्ने गरी त्यस्ता अभिव्यक्ति नदिन र निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न नगराउन निर्देशन दिइएको छ ।’ घिमिरेले सरकारका मन्त्रीलाई आचारसंहिता नलाग्ने आफूलाई मात्र लाग्ने भन्दै कारबाही गरेर देखाउन आयोगलाई चुनौती दिएका थिए ।

आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० का वडाध्यक्ष उम्मेदवार अमृत खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट माग्दै गरेको भन्दै समाचार सार्वजनिक भएपछि आयोगले उनलाई त्यो काम गरेको हो कि होइन भनी सोधेको हो ।

त्यसै गरी कपिलवस्तुको एक विद्यालयका प्रधानाध्यापक प्रह्लाद पाण्डेलाई पनि स्पष्टीकरण सोधेको छ । पाण्डे प्रचारप्रसारमा संलग्न रहेको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको हो ।

निर्वाचन आयोगले सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिका प्रमुख पदका उम्मेदवार केशव स्थापित लगायतसँग स्पष्टीकरण सोधिसकेको छ । झाँक्रीमाथि अनुमतिबिना विदेश भ्रमण गरेको आरोप छ । स्थापितलाई प्रतिस्पर्धीमाथि विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई स्पष्टीकरण सोधेको हो ।