२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौँ । धेरै दिनपछि धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ । ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८० अङ्कले उकालो लागेर ४३६.३५ मा पुगेको छ ।

कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १० अब ३० करोड ३६ लाख ९० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ २.५४ र लघुवित्त ०.०३ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ४.९१, होटेल तथा पर्यटन ७१.९७, विकास बैङ्क १०८.६२, जलविद्युत् ६६.४, वित्त ५३.५६, निर्जीवन बिमा ९.४९, उत्पादन ११.५७, अन्य ३५.८६, जीवन बिमा ३८.५८, सामूहिक लगानी कोष ०.०७ र लगानी १.४९ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो संस्थाको सात करोड ५३ लाख ५९ हजार ४५५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी चार करोड ६० लाख ७८ हजार ३५५, नबिल बैङ्क चार करोड १५ लाख ४८ हजार ९०३, एनआइसी एसिया बैङ्क तीन करोड ६७ लाख ९० हजार ८६७, अरुण भ्याली हाइड्रोपावर तीन करोड ५८ लाख ८१ हजार ९०४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो पावर ८.८२, माउन्टेन इनर्जी नेपाल ८.६६, हिमालयन ऊर्जा विकास कम्पनी ७.५८ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतले कमाए ।

त्यस्तै उन्नति सहकार्य लघुवित्त ४.९२, एनआइसी एसिया सेलेक्ट फण्ड ४.०६, एसियन लाइफ इन्स्योरेन्स ३.५४, रुरु जलविद्युत् परियोजना ३.१२ र गरिमा विकास लघुवित्तका लगानकर्ताले २.५७ प्रतिशतले गुमाए ।