११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानो घर फर्कन विप्लवलाई वर्षमानको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुरानो घर फर्कन आग्रह गरेका छन् । निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा फर्किएकामा प्रसन्नता व्यक्त गर्दै पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

मूलधारको राजनीतिबाट अलग रहेर बाटो बिराएका विप्लव १० वर्षपछि सही बाटोमा फर्किएको उनको भनाइ थियो । ‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनु भएको थियो । अहिले सही बाटोमा फर्कन भएको छ’, पुनले भने, ‘गणतन्त्र, सङ्घीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूलबाटोमा स्वागत छ ।’

गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभामा उनले आफूहरू गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला प्रतिक्रान्तिकारीको आरोप लगाउँदै विप्लवले पार्टी छाडेको पुनले स्मरण गरे ।

‘एकीकृत क्रान्ति’को लाइन विसर्जित भएको भन्दै गलत बाटो हिँडेका​ले विप्लव समूहमा फुट आएको तर्क पुनको थियो । कतै काँग्रेस, कतै एमाले र कतै अरू दलको चुनाव चिन्ह लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको मूलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुने पुनले बताए ।

पार्टीमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरू तयार रहेको पुनले बताए । रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले काँग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ ।

फरक प्रसङ्गमा पुनले देशैभर सत्ता गठबन्धनबिच तालमेल भएपनि काँग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे । स्थानीय काँग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावना विपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए । काँग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ ।

प्रतिक्रिया दिनुहोस