२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा

अ+ अ-

कोलम्बो । श्रीलङ्कामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ ।

यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन्। उनको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्काली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ ।

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलङ्काली सरकारले जनाएको छ ।

सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।