२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरी मोरङको मिक्लाजुङमा शङ्कास्पद वस्तु फेला, स्थानीय त्रसित

अ+ अ-

काठमाडौँ । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खेमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ।

सोही क्षेत्रमा बुधबार राति विस्फोटको आवाज आएपछि स्थानीयवासी आतङ्कित बनेका छन्।

‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने,‘ तर, विकट ठाउँ भएकाले टोली अझै पुगेको छैन। टोली पुगेपछि सबै कुरा थाहा हुनेछ।’

शङ्कास्पद बस्तु भेटिए पनि विस्फोटबारे थाहा नभएको उनले बताए ।

उनले मिक्लाजुङ गाउँपालिका-१ बर्खेमा आज बिहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको पुष्टि गरे।

विस्फोट गराइएको र शङ्कास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताए। विस्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतङ्कित भएका छन् ।

मिक्लाजुङ-१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठले राति ११ देखि १२ बजेको बिचमा विस्फोटको ठुलो आवाज आएको जानकारी दिए।