२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् अवरोध गर्ने-नगर्नेबारे निर्णय भइसकेको छैन : सुवास नेम्वाङ

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सङ्घीय संसद्‌मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भई नसकेको बताएका छन् ।

उनले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी प्रस्तुत हुने भनेर निर्णय लिनका लागि परामर्शमा रहेको जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठक आज (मंगलबार)का लागि बोलाइएको छ ।

२०७८ भदौ यता सङ्घीय संसद्का दुवै सदन अवरोध गर्दै आएको एमालेले नयाँ अधिवेशनमा के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।

नेम्वाङले मंगलबार ३ बजेसम्म निर्णय लिने जानकारी दिए । संसदमा के गर्ने भन्नेबारे टुङ्गोमा पुगिसकिएको छैन । के गर्ने भनेर सल्लाह गरिरहेका छौँ, उनले भने ।

मंगलबार नै मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा भने नेम्वाङले संसद्को अवरोधलाई स्थानीय तहको निर्वाचनसँग जोडेका थिए ।

‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ । तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निष्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भनेका थिए ।

एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन गरिएको भन्दै एमाले संसद्मा अवरोध गर्दै आइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । उक्त मुद्दा पटक पटक पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन ।