जनकपुरधाम । मधेस प्रदेश सभाको ९औँ अधिवेशन १९ जेठमा आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले १९ जेठ बिहीबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश प्रहरी समायोजन गर्न दबाब दिने उद्देश्यले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक बोलाउने निर्णय समेत गरेको छ ।







