२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

अ+ अ-

झापा । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनामा सबैभन्दा बढी जबरजस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् ।

सोही अवधिमा बाल यौन दुराचारका १९ र जबरजस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबरजस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताए।

‘अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्’, उनले भने । यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ । बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।