१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगका सचिव भूपेन्द्र थापाले पहिलो पटक ओएमआर प्रविधिबाट आयोगले यही जेठ १८ गते हिजो (बुधबार) लिखित नतिजा प्रकाशन गरेको जानकारी दिए ।

उनका अनुसार आयोगले गत वैशाख १० गते विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायक स्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको प्रथम चरणको परीक्षा लिएको थियो ।

‘ओएमआर प्रविधिले परीक्षाको नतिजा प्रकाशनमा शुद्धता, शीघ्रता र विश्वसनीयता प्रदान गरेको छ’, उनले भने, ‘अब यही प्रविधिको सहायताले यसको लगत्तै सहायक पाँचौँ तहको परीक्षाको नतिजा प्रकाशन गर्दैछौँ ।’

सो प्रविधिबाट नतिजा प्रकाशन गर्न आयोगले यही जेठ १७ गते केन्द्रबाट विज्ञ बोलाएर प्रविधिजन्य सीपको सहयोग लिएको थियो ।

उक्त परीक्षामा एक हजार ४५५ परीक्षार्थी सम्मिलित भएको आयोगका प्रवक्ता एवं उपसचिव बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

‘सम्मिलित परीक्षार्थीमा ३१४ परीक्षार्थी प्रथम चरणको परीक्षामा उत्तीर्ण भएर द्वितीय चरणमा प्रवेश गरेका छन्’, उनले भने, ‘उत्तीर्ण सबै परीक्षार्थीले साविककै प्रवेश पत्रको आधारमा परीक्षा केन्द्रमा सहभागी हुनुपर्नेछ ।’

प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीको द्वितीय चरणको परीक्षाका लागि आगामी असार ११ गते बिहान ८ः०० बजेको समय तोकिएको उनले जनाए ।

महिला विकास निरीक्षक पदको परीक्षामा सहभागी भएर उत्तर पुस्तिकामा (की) उल्लेख नगरको १५ परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस