११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख महोदय, उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ : निरुदेवी पाल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद निरुदेवी पालले उपसभामुख कहिले चयन हुने हो भनेर प्रश्न गरेकी छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आज (बिहीबार) छलफल गर्ने क्रममा प्रतिनिधिसभामा सांसद पालले महिलालाई अगाडि बढाउने नीति ल्याएको गठबन्धन सरकारले महिलालाई नेतृत्वमा आउने अवसरबाट वञ्चित गरेको बताइन् ।

सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले बजेटमा महिला पहिला भन्ने योजना ल्याएको छ । त्यो योजनाको व्यवहारमा कार्यान्वयन गर्न सरकार तम्तयार नरहेको पालको भनाइ थियो ।

‘७ सय ५३ स्थानीय निकायमध्ये १ सय ५९ नगरपालिकामा प्रमुख /उपप्रमुखहरू पुरुष हुनुहुन्छ । गठबन्धनका कारण संविधानले दिएको अधिकारबाट महिला वञ्चित हुनुपर्‍यो,’ उनले भनिन्, नारामा महिला पहिला क्या गजब ! नारामा लेखिदिए पुग्ने । सभामुख महोदय, महिला पहिला साँच्चिकै व्यवहारमा लागू गर्नका लागि बनाएको नारा हो भने उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ ।’

सांसद पालले उपसभामुख पद रिक्त भएको कति भयो भनेर सरकारलाई प्रश्न गरेकी छन् । उनले सरकारलाई प्रश्न गरिन्, ‘उपसभामुखको कुर्सीले कति भयो महिला खोजिरहेको, यो गठबन्धन सरकारलाई थाहा छ कि छैन ?’

सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख पद रिक्त छ । सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका थिए । तत्कालीन केपी शर्मा ‌‌ओली नेतृत्वको सरकार र सरकारको नेतृत्व गरिरहेको नेकपाले उपसभामुख चयन गर्न चासो राखेका थिएनन् ।

सभामुख सापकोटाले पनि उपसभामुख निर्वाचनको कार्यतालिका अगाडि बढाउनेबारे निर्वाचित भएयता कुनै अग्रसरता लिएका छैनन् ।

ओली प्रधानमन्त्री पदबाट हटेर शेरबहादुर देउवा २०७८ असार अन्तिममा प्रधानमन्त्री निर्वाचित भएका थिए । उनले पनि उपसभामुखको चयनका लागि कुनै भूमिका खेलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस