९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको फोहोरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्छ : झाँक्री

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएकी छन् ।

काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोलसँगको भेटमा उनले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औँल्याइन् ।

मन्त्री झाँक्रीले बन्चरेडाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

‘बन्चरेडाँडा वा सिसडोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठुलो कुरा हो । हामीले त्यति ठुलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बन्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ’ उनले भनिन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मन्त्रालयले काठमाडौँको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिबद्धता समयमै पूरा गर्न आग्रह गरे । ‘हजुरहरुले भन्नुभएको कुरा समयमै हुनुपर्छ । टेन्डरको प्रोसेसदेखि बाटो बनाउने कुरासम्म’ उनले भने ।

भेटमा बन्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो । सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बन्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् ।

जसकारण लामो समययता काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौँका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमाडौँका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन् । सिसडोलवासीका समस्या बुझ्न मेयर र उपमेयरसहितको टिम शुक्रबार सिसडोल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस